
काठमाडौँ, ५ भदौ । सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको छ ।
भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले ग्वान्जाओको महावाणिज्यदूतमा पुडासैनीलाई नियुक्त गरिएको जानकारी दिए ।
त्यस्तै, मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।
यसैगरी, सरकारका १६ जना सचिवको सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
यी हुन् सरकारका निर्णयहरु :












प्रतिक्रिया