४ कार्तिक २०८३, बुधबार

कर्णालीको पर्यटन प्रवर्द्धनमा सघाउन ‘फोटो किताब’

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ भदौ । कर्णाली प्रदेशका दशै जिल्लाका प्रमुख पर्यटकीय स्थलहरुलाई समावेश गरेर फोटो किताव प्रकशान भएको छ ।

पत्रकार भरतबन्धु थापाको लेखन तथा तस्वीर समावेश गरेर इकोनोमिक रिर्फम मिडिया प्रालिको सयोजनमा भू–तथा जलधार व्यबस्थापन कार्यलय, कर्णाली प्रदेश सुर्खेतले गन्तव्य कर्णाली फोटो किताव प्रकाशन गरेको हो ।

‘अथाहा सम्भावना बोकेको कर्णालीलाई यति सानो किताबमा कहाँ समेट्न सकिन्छ’, थापाले भने, ‘तरपनि केही जानकारी तथा कर्णालीको बिषयमा प्रचार प्रसार होस भन्ने हेतुले यो प्रकाशन गरिएको हो ।’

थापाले यस अघि पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गर्ने हेतुले बिभिन्न संघ सस्थाहरुसँग मिलेर दैलेख, सुर्खेत, धनगढी, बाँके, काठमाडौँ लगायतमा पश्चिम नेपालका पर्यटकीय स्थलहरुलको तस्वीर प्रर्दशनी गरिसकेका छन् भने बाघ हेर्नका लागि प्रख्यात मानिने बर्दियाको पर्यटकीय नक्शा समेत प्रकाशन गरिसकेका छन् ।

गन्तव्य कर्णाली फोटो किताबमा आन्तरिक पर्यटकको अत्याधिक रुची देखाएको रारादेखि नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ती डोल्पाको द्यो, ज्वालाहरुको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख लगायतका तस्वीरहरु समावेश गरिएका छन् । किताबमा कर्णाली प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय नक्शा समेत समावेश गरिएको छ ।

दैलेख कट्टी मनघर जन्मेका थापाले ६ बर्ष अघि हिमालयन म्याप हाउसको प्रकाशनमा पश्चिम नेपाल अर्थात तत्कालीन मध्य र सुदूर पश्चिमलाई समेटेर ‘वाईल्ड वेष्ट नेपाल’ फोटो किताब प्रकाशन गरेका थिए ।