१२ मंसिर २०८३, शनिबार

उदयपुरमा सिलिण्डर बम बिस्फाेट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ५ भदाै । उदयपुर जिल्लाकाे जलजले खानेपानी उपभोक्ता समितिको भवनमा रहेको पूरानो वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम बिस्फोट भएकाे छ ।

सोमबार राति अज्ञात समूहले त्रियुगा नगरपालिका–६ जलजलेस्थित पुरानाे वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम बिस्फोट गराइएकाे हो ।

बमको विस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनमा क्षति पुगेको वडा सदस्य जयराम पंजियारले बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले अज्ञात समूहले जलजले खानेपानी उपभोक्ता समितिको कार्यालयमा बम विस्फोट गराएको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार बम बिस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनको झ्यालको सिसा, ढोका तोडिएको, टेवल, कुर्सी जलेको र पंखामा क्षति पुगेको थियो ।