सोलुखुम्बु, ५ भदाै । सोलुखुम्बु जिल्लामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण सोलुखुम्बुको गोलीमा भागदाैड मच्चिएको थियो । भूकम्पबाट धनजनको क्षति नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिएका छन् ।











प्रतिक्रिया