१२ मंसिर २०८३, शनिबार

अछाममा जीप दुर्घटना, तीन जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

अछाम, ५ भदाै । अछाम जिल्लामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जीप बान्नीगढी जयगढ गाउँपालिका–५ लिडिको सुकिबाग भन्ने ठाउँमा बुधबार राति करीब साढे ८ बजे दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियार, यही ठाउँमा काले परियार र बैतडी घर भएका जीपका चालक लाल बोहोराको ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अशोक परियारको घटनास्थलमै र अन्य २ जनाको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जंगिर चौधरी र कैलाली धनगढी उप–महानगरपालिकाका घनश्याम चौधरी रहेका छन् ।