
काठमाडौँ, ४ भदौ । नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको निधन भएको छ ।
६४ वर्षीय रानाको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।
कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।
भारतीय चलचित्र नगरी त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका मगरले राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए ।















प्रतिक्रिया