४ कार्तिक २०८३, बुधबार

कलाकार तथा निर्माता गोविन्द शाही पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाही पक्राउ परेका छन् ।

निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले एक वर्षअघि दिएको जाहेरीका आधारमा उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनीहरुले फिल्म ‘लिलिबिलि’बाट शाहीले करिव ८८ लाख दिनुपर्नेमा नदिएको आरोपसहित उजुरी दिएका थिए।

‘लिलिबिलि’बाट निर्देशक चाम्स र निर्माता खड्कालाई शाहीले ८७ लाख ७४ हजार ७६५ दिनु पर्ने बुझिएको छ ।