१२ मंसिर २०८३, शनिबार

भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीलाई भेटे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

आज मध्यान्ह काठमणडौं ओर्लिएका जयशंकरले प्रधानमन्त्री ओलीसँग उनको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका हुन् ।

जयशंकर विदेशमन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । बैठकमा सहभागी हुनुअघि उनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो ।

आजदेखि सुरु हुन लागेको नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन जयशंकर काठमाण्डौं आएका हुन् ।

भारतीय विदेशमन्त्री जयशंकरले भोलि बिहान राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।