काठमाडौं, ११ माघ । ‘नेपाल निजामती कर्मचारी युनियन’ले स्थापनाको २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउने भएको छ ।
आफ्नो पच्चीसौं वर्षगाँठ यही फागुन ११ देखि १३ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ मनाइने युनियनका अध्यक्ष सुवोध देवकोटाले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन १२ फागुनमा प्रधानमन्त्री सुशील कोइरालाबाट हुनेछ । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायत शीर्षस्थ नेताको उपस्थिति रहने युनियनले जनाएको छ ।
२०४७ मा स्थापना भएको प्रजातन्त्रवादी टेड्र युनियनको हाल असन्तुष्ट पक्षका शोभाकर रेग्मीको ‘नेपाल निजामती कर्मचारी सङ्घ’ नामको छुट्टै सङ्गठन पनि अस्तित्वमा छ ।
पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष देवकोटाले दुवै सङ्गठनको एकता गर्न गृहकार्य भइरहेको बताउनुभयो ।















प्रतिक्रिया