१२ मंसिर २०८३, शनिबार

सिंहदरबारभित्रै आत्महत्या गरेका सुब्बाको सुसाइड नोट : पत्रकारले अर्को अर्थ नलगाउन्

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगभित्र मृत भेटिएका कर्मचारीको ‘सुसाइड नोट’ भेटिएको छ ।

सोमबार राति कार्यालयमै मृत भेटिएका नायब सुब्बा बच्चु केसीले सुसाइड नोटमा कसैका कारणले नभइ आफ्नै कारण आत्महत्या गरेको उल्लेख गरेका छन् ।

‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ उनले लेखेका छन् ।

साथै, उनले नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेर पनि उल्लेख गरेका अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् ।

यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ ।

उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ । औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ ।

मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।