१२ मंसिर २०८३, शनिबार

मोदी गाउँपालिकाका अधिकृतको प्रहरीविरुद्ध फेसबुक पोस्ट

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । एक जना सरकारी अधिकृतले पत्रकार युवराज पुडासैनी प्रकरण उल्लेख गर्दै चितवन प्रहरी प्रमूख एसपी दानबहादुर मल्लविरुद्धको पोस्ट फेसबुकमा सेयर गरेका छन् ।

उनले ‘सुरक्षाकर्मी नामको कलंक कसको स्वार्थका पछि लागेर, कसको जुठो पुरो चाटेर होला यस्ता हर्कत गर्ने धिक्कार छ’ लेखेका छन् ।

पर्वतको मोदी गाउँपालिकामा कार्यरत तुलसीराम शर्माले उक्त पोस्ट सेयर गरेका हुन् । उनले रवि लामिछानेको समर्थनमा लेखिएका उदण्ड र उच्छृङ्खल पोस्टहरु पनि सेयर गरेका छन् ।

प्रहरीले पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेका कार्यक्रम प्रस्तोला लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको अनुसन्धान प्रक्रियाका विषयमा पनि कतिपय ठाउँमा टिप्पणी गरेका छन् ।