काठमाडौं, ११ फागुन । लेखा समितीको निर्देशनमा अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघको आर्थिक क्रियाकलापमा भ्रष्टाचार नभेटिएको भन्दै अध्यक्ष गणेश थापालाई सचेत मात्रै गराएको छ ।
अख्तियारले एन्फामा आर्थिक नियमावली कार्यान्वयन गर्न नसकेको भन्दै सचेत गराउने निर्णय गरेको कान्तिपुर दैनिकले छापेको छ ।
सोही विषयमा राष्ट्रिय खेलकुद परिषदको पनि ध्यानाकर्षण गराउने निर्णय गरेको छ । ‘उजुरीलाई तामेलीमा राख्ने निर्णय भएको छ’ आयोगले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘थप प्रमाण प्राप्त भए अनुसन्धान अघि बढ्ने छ ।’
अख्तियारले खेलाडी कल्याण कोष सञ्चालनका लागि कार्यविधि बनाउन, आर्थिक विनियमावली बनाई लागू गर्न, घर तथा सवारीसाधन भाडामा लिदा प्रतिस्पर्धात्मक विधी लागू गर्नपनि निर्देशन दिएको छ ।
गोल प्रोजेक्ट, एन्फा कम्प्लेक्स निर्माण, करछली, भवन निर्माणमा प्रयोग भएको अस्थित्वविहीन माईला कन्स्ट्रक्सन लगायतका विषयमा अख्तियारले विज्ञप्तिमा केही खुलाएको छैन ।
थापाको शंकास्पद आम्दानीवारे भने सम्पत्ति शुद्धिकरण विभागले छानविन गरिरहेको छ ।















प्रतिक्रिया