१२ मंसिर २०८३, शनिबार

जब मनोज कुमारले १२ लाख झ्वाम पार्ने दाउ रचे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । अज्ञात व्यक्तिले नगद १६ लाख रुपैयाँ लुटी लगेको भनी कपोकल्पित घटना बनाई नगद लुकाएको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने भारत विहार घर भएका २२ वर्षीय मनोज कुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

शाहले काठमाडौं महानगरपालिका-२२ पाको न्यूरोडमा माक्स लगाएका अज्ञात २ जनाले मोटरसाइकलमा आई आफूसँग रहेको नगद १६ लाख लुटी लगेको भन्ने खबर महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी दिएका थिए ।

तत्काल परिसरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा त्यस्तो कुनै घटना नभएको, अनुसन्धान गर्ने क्रममा शाहले नै यो रकम लुकाएको र कपोकल्पित घटना बनाएको खुलेपछि आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै शाहलाई थप सोधपुछ एवं अनुसन्धान गर्दा उनले गोयल कम्पनीमा विगत ३ महिनादेखि पेमेन्ट रिसिभ गरी कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आईरहेको र बैमानी पूर्वक ठगी गर्ने नियतले उक्त रकम बैंकमा जम्मा नगरी कम्पनीको रकम आफैले राख्न खोजेको खुल्न आएको छ ।

प्रहरीले शाहको कोठाबाट नगद फेला पारी बरामद गरेको जनाएको छ ।