४ कार्तिक २०८३, बुधबार

मिस नेपाल नर्थ अमेरिका २०१९ बनिन् न्यूयोर्ककी श्रेया गजुरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

न्यूयोर्क । गत अगस्त १७ का दिन न्यूयोर्कमा सम्पन्न दोश्रो नेपाल नर्थ अमेरिका-२०१९ (उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी छिन् ।

दोश्रो मिस नेपाल नर्थ अमेरिका- २०१९ को लागि अन्तिम १६ प्रतियोगीहरुबाट प्रथम बिजेता भ्यानकुभर क्यानडाकी आस्था पाण्डे तथा द्वितीय बिजेता म्यासाचुसेट्सकी कृती केसी भएका छन ।

यसको साथै मिस ट्यालेन्ट (प्रतिभावान) मा रेबिका श्रेष्ठ, मिस कम्युनिटी आउटरिच (सामुदायिक पहुँच) मा गरिमा पौडेल, मिस पपुलर (लोकप्रिय जनताको मतद्वारा लोकप्रिय) मा राजश्री आचार्य, फोटोजेनिक (चित्रण योग्य) मा आस्था थापा मगर, मिस स्माइल (मुस्कान)मा सविना पौडेल, मिस वेस्ट ड्रेस (उत्कृष्ट पोशाक) मा ओशिन रायमाझी, मिस पर्सोनालिटी (व्यक्तित्व)मा मनिषा रोका, मिस डिसीप्लेन (अनुशासन) मा रिस्ता साह, मिस क्याटवाक (बिरालो चाल हिडाई ) मा बिष्णु मिश्रा, मिस पर्सोनालिटी (वयक्तित्व) मा आस्था पाण्डे, मिस राईजिगं स्टार (उदाउदो तारा) मा एंजिला अधिकारी, मिस स्किन (छाला) मा आस्था थापा मगर, मिस बेस्ट हेयर (उत्कृष्ट कपाल) मा रिस्ता शाहले जितेका छन् ।

अगस्त १२ देखि अगस्त १६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त १७ का शनिवारका अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ ।

१६ जना प्रतियोगीहरु अमेरिकाको ११ वटा राज्य तथा क्यानडा समेत बाट सहभागिता जनाएका थिए ।

अन्तिम सूचीमा पुग्ने १६ जनाहरुमा मिनेसोटाकी आस्मा थापा मगर, भ्यानकुभर क्यानडाकि आस्था पाण्डे, मिनेसोटाकी एन्जिला अधिकारी, ओहायो की बिष्णु मिश्रा, भर्जिनिया कि गरिमा पौडेल, म्यासाचुसेट्सकी कृति केसी, न्यूयोर्ककी मनीषा रोका, क्यालिफोर्नियाकी ओशिन रायमाझी, ओकल्हामाकी राजश्री आचार्य, न्यू योर्ककी रेबिका श्रेष्ठ, क्यालिफोर्नियाकी रिस्ता शाह, ईडाहोकी सबिना पौडेल, मेरिल्याण्डकि शिक्षा घिमिरे, न्यूयोर्क की सोनी खनाल, पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेल रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०१९ को अन्तिम प्रतियोगिता न्यूयोर्क स्थित प्रसिद्ध मेलरोज बलरुममा अगस्त १७ शनिबारका दिन सफलतापूर्वक सम्पन्न भएको छ ।

पहिलो चरणमा १६ जना प्रतियोगीहरु सहभागी मध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०१९ कि बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

२०१० कि नेपाल सुन्दरी (मिस नेपाल २०१०) सदीक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफर (प्रशिक्षक) को भूमिका निर्वाह गरेकी थिइन् भने उन्ले सबै प्रतियोगीहरु एक से एक उत्कृष्ट पाएको बताएकी थिइन ।

मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा प्रमुख निर्णायक रहेकी थिइन । अन्य निर्णायकहरुमा नामगेल लामा, अधिवक्ता बासु फुलारा, कलाकार एड्रिएन प्रधान, अबुबोकोर हनिप तथा राजु श्रेष्ठ रहेका थिए ।

कार्यक्र सुरु हुनु अगाडि श्रृखला खतिवडा संग भेटघाट तथा छोटो अन्तरक्रिया कार्यकम राखिएको भएता पनि सन २०१० कि नेपाल सुन्दरी सदीक्षा श्रेष्ठले पनि जिज्ञाशाको उत्तर दिएकी थिइन ।

यस वर्ष बिशेष सांगीतिक कार्यक्रममा प्रसिद्ध कलाकारहरुमा क्रमस एड्रीएन प्रधान, सिने गुरुङ, राभ सिटौला, राम श्रेष्ठ, आदित्य लामा, राहुल राई तथा जय गुरुङको बिशेष प्रस्तुति रहेको थियो ।

मिस नेपाल नर्थ अमेरिका २०१९ (उत्तर अमेरिका नेपाल सुन्दरी) को लागि कूल ३३ जनाले निवेदन दिएका थिए ।

कार्यक्रमको उद्घोषक सुमित सिग्देलले गरेका थिए भने मिस नेपाल नर्थ अमेरिका २०१९ उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम प्रस्तुत गरेको हो । सुमितले नेपालमा सम्पन्न सन २०१० को नेपाल सुन्दरी प्रतियोगिताको उदघोषण समेत गरेका थिए ।

९ वर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् ।

कार्यकममा अन्तिम ५ प्रतियोगीहरुलाई श्रृखला खतिवडाले नेपालबाट पच्छिमी मूलुकले कुनै एक के त्यस्तो कुरा सिक्न सक्छ भनि प्रश्न सबैलाई गरेकी थिइन ।

३ मिनेट को समयमा अन्तिम ५ ले दिएको उत्तर बाटै उत्तर अमेरिका नेपाल सुन्दरी २०१९ को घोषणा गरिएको थियो ।