४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंककोे कञ्चनपुर भन्सारमा विस्तारित काउण्टर सञ्चालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २ भदाै । एनआईसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।

सोही क्रममा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर यही भाद्र १ गतेबाट सञ्चालनमा ल्याइएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको समुद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे, नेपाल सरकार भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल लगायतको उपस्थिती रहेको थियो ।

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरूमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास बैंकले लिएको छ ।