२ कार्तिक २०८३, सोमबार

गृह मन्त्रालयको प्रशासकिय अधिकृत हुँ भन्दै ठगी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-thapaकाठमाडौं, १० फागुन । प्रहरीले गृह मन्त्रालयको प्रशासकिय अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा, हनुमानढोकाको टोलीले गृह मन्त्रालयको प्रशासकिय अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा राजेन्द्र थापाभन्ने ४३ वर्षीय राजकुमार चाँपागाईलाई पक्राउ गरेको हो ।

विभिन्न ठाउँबाट ठगीको उजुरी आएपछि काठमाडौं गोलढुङ्गाका चाँपागाई पक्राउ परेका हुन् । चाँपागाईको साथबाट प्रहरीले ९३ हजार ७० रुपैयाँ समेत बरामद गरेको छ । थप अनुसन्धानको लागि ठगी गर्ने चाँपागाईलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।

उनले लोकसेवा आयोगको नायव सुव्वा पदमा पास गराईदिन्छु भन्दै रामेछाप रस्नालु ६ का राहुल मुखिया सुनारलाई सिंहदवारमा बोलाएर १ लाख १० हजार ठगी गरेको उजुरी परेको छ ।

त्यस्तै, काठमाडौं टोखाका कमलबहादुर डंगोललाई सिभिल अस्पतालको क्यान्टिन सन्चालनको ठेक्का पारी दिन्छु भन्दै ११ लाख ४५ हजार ठगी गरेको उजुरी परेको महाशाखाले जनाएको छ ।

प्रहरीले राजेन्द्र थापा भन्ने राजकुमार चापागाईले अन्यव्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने भन्दै महाशाखामा सम्पर्क राख्न अनुरोध समेत गरेको छ ।