२ कार्तिक २०८३, सोमबार

सरकारी अस्पतालमै ४ महिनाको शिशुको हत्या, शौचालयमा भेटियो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, १० फागुन । नवलपरासीको पृथ्वीचन्द अस्पतालको शौचालयमा आइतबार करिब चार महिनाको शिशुको शव फेला परेको छ ।

गर्भमा रहेको चार महिनाको बच्चालाई औषधिको प्रयोगमार्फत गर्भपतन गराई अस्पतालको शौचालयभित्र फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको हो ।

शौचालय जाम भएपछि शौचालयको सफाई गर्दा बच्चाको शव फेला परेको अस्पतालले जनाएको छ । १२ हप्तासम्म गर्भ बोकेकी महिलाले औषधि तथा मेसिन प्रयोग गरेर गर्भपतन गराउन पाउने सुविधा नेपालमा रहेतापनि बाहिरबाट अस्पतालमा सेवा लिन महिलाले औषधिको दुरुपयोग गरेर बच्चालाई शौचालयमा फालेको अस्पतालले जनाएको छ ।

तालिम प्राप्त स्वास्थ्यकर्मीको सल्लाहले सात/आठ हप्ताभित्रको गर्भपतन औषधि प्रयोग गरेर गर्न पाईने अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर नुरुलहोदाले जानकारी दिँदै बच्चा कस्ले फालेको भन्ने विषयमा भने केही जानकारी नरहेको बताउनुभयो ।

फेला परेको बच्चा प्रहरीलाई जिम्मा लगाई शव परीक्षणको प्रक्रियामा राखेको डाक्टर होदाले जानकारी दिनुभयो । रासस