१४ कार्तिक २०८३, शनिबार

विप्लव समूहका पाँच जना नेता/कार्यकर्ता झापामा पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ भदौ । झापा प्रहरीले विप्लव समूहका ५ जना नेता/कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ का राजु दास, ताप्लेजुङकै सिद्धिनगवा गाउँपालिका–४ का सक्कल भनिने सागर लिम्बु छन् ।

यस्तै, ताप्लेजुङ फकलातुङ गाँपालिका–२ का नरपति पौडेल, सोही ठाउँका यम योगेश लिम्बु र आठराई त्रिवेणी गाउँपालिका– ५ का सन्देश भन्ने गणेश कार्की ढोली रहेका छन् ।

प्रहरीका अनुसार दास विप्लव समूहका पाँचथर जिल्ला ईन्चार्ज र मेची ब्यूरो सदस्य हुन् भने सागर लिम्बु ताप्लेजुङ जिल्ला ईन्चार्ज हुन् ।

यसैगरी, पौडेले मेची ब्यूरो सदस्य तथा ताप्लेजुङ सक्रेटरी, योगेश लिम्बु ताप्लेजुङ जिल्ला कमिटी सदस्य र कार्की जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीको मेची, कोशी ब्यूरो संयोजक हुन् ।

उनीहरुलाई प्रमाणसहित पक्राउ गरिएको र आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।