३० आश्विन २०८३, शुक्रबार

विश्व बक्सिङ खेलका हस्ती म्यानी प्याकियाओ र मे वेदर भिड्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mani  (1)

– विजय थापा 

डिसी, अमेरिका । बक्सिङ खेलका हस्तीबीच अमेरिकामा अब ठुलो भिड्न्त हुने भएको छ ।
आर्थिक विपन्नताको भिषण नंग्राले चिथोरिएका फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित सुप्रशिद्ध मुक्केवाज़ मे वेदरबीच अन्तत्वगत्वा लामो समयको प्रतिक्षा पछि मे २ तारिखमा भिड्ने पक्का भएको हो ।

गत शुक्रबार उक्त खेल हुने निधो भएको हो । सन् २००९ देखि नै यी दुई ब्रम्हाण्ड कै आफ्नो तौलका उत्कृस्ट मुड्कीवाज बीच प्रतिस्पर्धा गराउन दुवै पक्षको तर्फबाट अथक प्रयास गरेता पनि कहिले सफल हुन् सकेको थिएन ।

लामो समयको पर्खाई पछि अहिले सम्मकै ईतिहासको सबै भन्दा ठुलो धनराशि भएको खेल हुने भएको छ । बक्सिङ्गको ईतिहासमा सन् १९७१ मा महमद अलि र जो फ्रेजरबीच भएको भिडन्त नै शताब्दी कै खेल भनि नामाकरण दिइएको थियो ।

त्यो समयका जो फ्रेजर लगातार २६ खेलमा बिजयी हासिल गरेका थिए, भने महमद अलि ३१ वटा खेलमा विजयी भएर अपराजित बिश्व प्रख्यात बनेका थिए । जुन खेल न्युयोर्कको म्याडिसन गार्डनमा मार्च ८ ,१९७१ तारिखमा भिडन्त भएको थियो ।

म्यानी प्याकियाओले आठ वटा विभिन्न तौल समुहमा ईतिहास रचेका छन् भने मे वेदरले ५ वटा तौल समुहमा खेलेका छन् । प्याकियाओले ५७ खेलमा जितेका छन् भने जसमा ३८ वटा खुडा टेकाई दिएका छन् भने आफु ५ पटक पराजित भएका छन् ।

अत्यन्तै छिटो मुड्की चलाउन कुशल भएका कारण प्रतिस्पर्धी टिक्न सक्दैनन् । २०१२ मा भएको अमेरिकन टिमोथी ब्राडलीको खेलमा वितेता पनि बिबादास्पद रुपमा टिमोथी ब्राडलीलाई बिजयी गराएको थियो भने उनिसंग फेरी २०१४ मा खेलमा पराजित गरेका थिए ।

सन् २०१२मा बिबादास्पद रुपमा पराजित भएको भन्दै प्याकियाओको पक्षबाट बिश्वका प्रख्यात ५ जना निर्णायकहरुले स्वतन्त्र रुपमा गरेको सामुहिक निर्णयमा प्याकियाओ बिजयी भएका हुन् भनेता पनि अमेरिकन बक्सिङ्ग संगठनले मान्यता दिन अस्विकार गरेको थियो ।

२०१४ मा दोश्रो पटकको खेलमा टिमोथी ब्राडलीले हारे पछि प्याकियाओलाई बिश्व कै सर्बोश्रेष्ठ खेलाडी भनि निर्णय हुन साथ प्रशंसा गर्न चुकेनन । यस्तै, २०१४ मा मकाउमा भएको खेलमा क्रिस अल्जेरीलाई पनि पराजित गरेपछि उनले पनि म्यानी प्याकियाओ लाई ब्रम्हाण्ड कै सबै भन्दा सर्बोकृष्ठ खेलाडी भनि मुक्त कण्ठले प्रसंसा गरेका थिए ।

कुनै पनि खेलाडी हार खाए पछि पराजित हुने खेलाडीले यसरी कमै मात्रमा जित्ने खेलाडीलाई मुक्त कण्ठले प्रशंसा गर्दछन् । यस अर्थमा म्यानी बिश्वकै राम्रा खेलाडी हुन् भन्ने कुरामा दुबिधा नहोला । मे वेदर वेदर बेल्ट वजनका अपराजित खेलाडी हुन् भने उनि मे २ तारिखमा ३८ बर्ष पुग्दै छन् भने म्यानी प्याकिआओ ३६ बर्ष पुग्दैछन ।

मे वेदर बिश्वकै सर्वाधिक धनि खेलाडी हुन् भने उक्त खेलबाट १ सय २० बिलियन कमाउने छन् भने म्यानीले ८० मिलियन कमाउने भएका छन् ९ खरब (नेपाली रुपैया) । यो खेलमा मे वेदर ले ६० प्रतिशत र म्यानी प्याकियाओले ४० प्रतिशत राजस्व प्राप्त गर्ने छन् ।

दुई पक्षबीच सम्झौता भएपछि म्यानी प्याकियाओ लामो समयको प्रतिक्षापछि आफ्ना प्रशंसकले चाहेको पाएको बताएका छन् । ​यो भिडन्त ऐतिहासिक बन्ने छ । र, मेरा प्रशंसक तथा फिलिपिन्सका जनताको गौरब राख्ने छु भनेका छन् ।

मे वेदर प्रति रक्षा गर्न अत्यन्तै चतुर तथा कुशल मानिन्छन भने अहिले सम्म हार भन्ने कहिले चाखेका छैनन् भने म्यानी प्याकियाओ अत्यन्तै छिटो मुड्की प्रहार गर्न सिपालु तथा बज्र प्रहार गर्न उस्ताद छन् ।

म्यानी प्याकियाओको पुरा नाम ईमानुल डापीड्रान प्याकियाओ हो भने उनलाई प्याक म्यान पनि भनिन्छ । फिलिपिन्सका संसद पनि हुन् । सन् २०१० र २०१३ मा दुई पटक चुनाब जिती सकेका छन् भने उनको जन्म फिलिपिन्समा डिसेम्बर १७, १९७८ मा भएको हो ।

उनि अति राम्रो बास्केट बल खेलाडी पनि हुन् भने गीत पनि गाउछन । मे २ मा हुने खेल खेललाई सो टाइम र एचबिओ ले सयुक्त रुपमा देखाउने भएका छन् । सधैको भन्दा पे–पर–भिउ ​बढ्ने सम्भावना रहेको छ ।

अत्यन्तै गरिव भएको कारण बीचमै उनले पाठशाला छोडेका थिए । भने उनकी आमाका ६ सन्तान भएकोले खर्च धान्न नसक्ने भएपछि १४ बर्षको उमेरमा घर छोडेका थिए । तर पछि २००७ मा १० कक्षा उतीर्ण गरेका थिए भने उनले बक्सिङ्गबाट नाम, प्रतिष्ठा, देशको गौरब उच्च बनाएकोले उनलाई सम्मान स्वरूप बिद्या वारिधि सम्म प्रदान गरिएको छ ।

बाल्यकालमा अर्थको डरलाग्दो संकट भएका म्यानी हाल फिलिपिन्सका धनाड्य मध्येमा गनिन्छन । आगामी मे २ तारिखमा हुने भिडन्तमा उनले अथाह सम्पत्ति कमाउनुको साथै यो जीवनको सबै भन्दा महत्वपूर्ण खेल हुने छ । उनले अहिले सम्म अपराजित भएका सबैलाई पराजित गरेका छन ।

मे वेदर अत्यन्तै राम्रा र अपराजित भएको कारण उनको लागि पनि जीवन र मृत्युको सवाल जस्तै हुने छ । गर या मर (डु एण्ड डाई) दुवै खेलाडिलाई हुनेछ । पछिल्लो समयमा म्यान प्याकले कहिले पराजय नभएकालाई टिमोथी र अल्जेरीलाई हराई दिएकोले मे वेदरको पालो पनि आउछ कि भन्ने टिप्पणी पत्रपत्रिकामा लेखिएको छ ।

मे वेदर कहिले पनि पराजित नभएकोले उनको लागि पनि देश र आफ्ना प्रशंसकहरुको लागि कुनै कसर नराख्ने दाउमा छन् किनभने उनले ४७ वटा सबै खेल जितेका छन् । मे २ तारिख खेल प्रेमी र खेलाडीहरुका लागि विशेष दिन हुने छ ।