
काठमाडौँ, १ भदौ । आइतबार सुनको मूल्य घटेको छ ।
अघिल्लो दिन प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला पाँच सय घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ घटेर ७० हजार सात सयमा काराेबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि केही ओरालो लागेको छ । अघिल्लो दिन ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आइतबार प्रतितोला ८ सय ३० रुपैयाँ कायम भएको ।
यो वर्ष सुनको मूल्य अहिलेसम्मकै उच्च रु ७१ हजार ५०० मा खरिद बिक्री भएको थियो । चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो ।
अन्तरर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ५१८ डलर नाघेको छ ।















प्रतिक्रिया