४ कार्तिक २०८३, बुधबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटनह्याम बराबरीमा राेकिए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ भदाै । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटी टोटनह्यामसँग बराबरीमा रोकिएको छ।

अन्तिम समयमा भएको गोल भिएआर मार्फत पुनरावलोकन गरेर अस्वीकार्य घोषित भएपछि पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामसँग २–२ को बराबरीमा रोकिएको हो ।

इन्जुरी समयमा गाब्रिएल जिससले गोल गरेपछि सिटीले जितको उत्सव मनाइसकेको थियो । तर भिएआरले सो गोल अस्वीकृत गरिदियो, किनकी बलले आइमेरिक लापोर्तेको पाखुरामा छोएको थियो ।

सिटीका प्रशिक्षक गार्डिवलाले भिएआरको निर्णय स्वीकार गर्नु पर्ने बताएका छन्।

पहिलो हाफमा रहीम स्ट्रर्लिङ्गले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाए । तर त्यस लगत्तै एरिक लामेलाले टोटनह्यामका लागि बराबरी गोल फर्काए ।

केविन डी ब्राउनका क्रसमा सर्जिओ अग्युरोले गोल गर्र्दै पुनः सिटीलाई अग्रता दिलाए । तर थप खेलाडीका रुपमा मैदान छिरेका लुकास मौराले टोटनह्यामका लागि बराबरी गोल गरेका हुन् ।

घरेलु मैदानमा भएको नयाँ सिजनको पहिलो खेलमा सिटी पराजित भएको हो । अवे मैदानमा भएको सिजनको पहिलो खेलमा भने उसले जित निकालेको थियो ।