काठमाडौं, १० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीलाई घुस लिदालिदै रंगेहात पक्राउ गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय हेटौंडाका सुचक मिठाराम भट्टराईलाई अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको जनाएको छ ।
भट्टराईले अनुसन्धान सहायक पदमा नाम निकाली दिने भनि सेवाग्राहीसंग घुस लिएको अवस्थामा अख्तियारले रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट खटिई गएको टोलीले १ लाख घुस लिदै गरेको अवस्थामा भट्टराईलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारका अनुसार नियन्त्रण लिएर भट्टराईमाथि थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया