१ कार्तिक २०८३, आइतबार

कश्मीर मुद्दामाथि इमरान खान र डोनाल्ड ट्रम्पबीच कुराकानी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, ३२ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन् ।

यस भन्दा पहिले संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार भारत प्रशासित कश्मीरबाट संविधानको धारा ३७० हटाएको विषयमा छलफल भएको थियो ।

यो बैठक पाकिस्तानले गरेको पत्राचारपछि बसेको थियो। पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भनेका छन् कि इमरान खानले संयुक्त राष्ट्र मुख्यालयमा सुरक्षा परिषदको बैठक सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो भरोसामा लिएका छन् ।

कुरैशीले भनेका छन् कि प्रधानमन्त्री इमरान खानले कश्मीरको ताजा घटनाक्रम र क्षेत्रीय शान्तिमाथि उठेको खतराका सम्बन्धमा पाकिस्तानको चिन्ताबारे ट्रम्पलाई अवगत गराएका छन् ।