४ कार्तिक २०८३, बुधबार

गोरखामा बन्ने भयो ७ मेगावाटको चेपे ‘ए’जलविद्युत आयोजना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । गोरखाको चेपे खोलामा ७ मेगावाटको ‘चेपे ए जलविद्युत आयोजना’ बन्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा गत फागुनमा विद्युत खरिद सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । ३० प्रतिशत स्वपुँजी रहनेछ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।

जल विद्युत् आयोजना लमजुङको दुधपोखरी र गोरखाको सिरानचोक गाउँपालिकामा बन्नेछ । प्रतिमेगावाट करीव रु १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत् वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो ।

आयोजना सन् २०२२ सम्म सम्पन्न गर्ने निर्माण कम्पनी चम्पावती हाईड्रोपावरले लक्ष्य लिइएको छ । कम्पनीका अध्यक्ष डा.हरिराम पराजुलीका अनुसार प्राविधिक काम अगाडि बढेको छ । करीव क्यू–४१५ मा डिजाइन भएको चेपे ‘ए’आयोजना प्राविधिक रुपमा पनि राम्रो रहेको उनले बताए ।

प्राविधिक र आर्थिक दुबै रुपले चेपे ‘ए’आयोजना मोडल हाइड्रो पावरका रुपमा रहेको कम्पनीका एक डाइरेक्टर वरिष्ठ इन्जिनियर लक्ष्मण अर्यालले बताए । आयोजना सम्पन्न भएपछि उर्जामा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य पुरा गर्न सहयोग पुग्ने इन्जिनियर अर्यालले बताए ।

आयोजना पावर हाउस तथा बाध बाँध्ने स्थलमा बाह्रै महिना चल्ने सडक पुगिसकेको छ । आयोजनाको पावर हाउस गोरखाको पाण्डेवेशी तथा लमजुङ्गको वोराङ्गखोलाबाट १ कि.मि. दूरीमा रहेको छ । सहज भौगोलिक तथा भौगर्भिक अवस्था र सडक सुविधाबाट नजिक रहेको आयोजना भएकोले निर्माण गर्न सजिलो हुने कुरा अर्का डाइरेक्टर वरिष्ठ इन्जिनियर रामेश्वर लामिछानले बताए ।

चम्पावती हाईड्रोपावर कम्पनीप्रा.लि. को तर्फबाट डा.हरिराम पराजुली, टुक प्रसाद न्यौपाने, तिलकराज भट्टराई, श्यामथापा, रामेश्वर लामिछाने, लक्ष्मण अर्याल लगायतको उर्जा क्षेत्रमा लामो अनुभव भएका इन्जिनियरहरुको टिमले यो आयोजना निर्माण गर्न लागेको हो ।

वैकल्पिक रुपमा आयोजनाहरुलाई मध्यनजर गर्दै राष्ट्रिय प्रशारण लाइन गोरखा जिल्लाको चेपेखोलामा बन्न लागेका विभिन्न हाइड्रोपावरका आयोजनाहरुलाई लक्षित गर्दै राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको छ ।

राष्ट्रिय प्रशारण ग्रिड कम्पनीले गोरखा र लमजुङ जिल्लाका नदीखोलाबाट उत्पादन हुने विद्युतको सहज रुपमा प्रशारण गर्न सिरानचोक (१, केरावारीको कोदोम्वारीमा १३२ कि.मी. प्रसारण लाइन सव स्टेशन बनाएर ट्रान्समिसन लाइन जडान गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष डा. पराजुलीले बताए ।

ग्रिड कम्पनीसँग छलफलमा छौ, छिटो टुंगो लगाएर चेपे तथा दरौदी लगायतका नदीका आयोजनाहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने पहल भइरहेको छ’, उनले भने, ‘यसले प्रशारण चुहावटसमेत घटाउने छ । उक्त सवस्टेशन बन्ने बितिकै चेपे तथा दरौदीका माथिल्लो भागमा रहेका नदीहरुको सवै जलविद्युत आयोजनाहरु बनाउन सहज हुने छ ।