काठमाडौं, १० फागुन । अष्ट्रेलियाको मेलबर्नमा जारी विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई १३० रनको फराकिलो अन्तरले पराजित गर्दै भारतले दोस्रो जित दर्ता गरेको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको भारतका लागि शिखर धवनले शतक प्रहार गरेपछि ७ विकेटको क्षतिमा ३ सय ७ रन बनाएको थियो । ३०८ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङमा आएको अफ्रिकाले ४०.२ ओभरमा अलआउट हुँदै १७७ रन मात्रै बनाउन सकेको थियो ।
भारतका रविचन्द्रन आश्विनले ३ तथा मोहित शर्मा र मोहम्मद शामिले २-२ विकेट लिएपछि अफ्रिका सस्तैमा समेटियो । भारतका लागि शिखर धवनले १ सय ४६ बल खेल्दै १६ चौका र दुई छक्काको मद्दतले १ सय ३७ रन बनाएका थिए ।
शतक संगै विश्वकप मै बढी रन हान्ने व्यक्ती पनि बनेका छन् भवन ।
धवनको पार्टनरका रुपमा रोहित शर्माले खाता खोल्न सकेनन् । त्यसपछि धवनको पार्टनरी विराट कोहिलीले सम्हालेका थिए। कोहिलीले धवनसंग १ सय २७ रनको साझेदारी गर्दै ४६ रन बनाएर क्याच आउट भए । त्यसपछि अर्का क्रिकेटर अजिन्का रहानेसँग ७९ रन बनाए ।
यस्तै, दक्षिण अफ्रिकाका हसिम अमला २२, कोक ७ रन जोड्दै आउट भएपछि फाफ डप्लिसी र एभी डिभिलियर्सको पार्टनरीले ६८ रन बनायो । डिभिलियर्स ३० रनमा आउट भए । थप ४४ रन जोड्दा दक्षिण अफ्रिकाले बाँकी ६ विकेट गुमायो र ४०.२ ओभरमा १७७ मा अल आउट हुन पुग्यो ।













प्रतिक्रिया