
इटहरी, ३१ साउन । महिला उद्यमशीलताको प्रदर्शनका लागि सुनसरीको इटहरी उपमहानगरपालिकामा सृजनशील उद्यमी मेला सुरु भएको छ ।
चुल्हो चौकोमात्र नभएर उद्यम र त्यसको बजारीकरणमा महिला अब्बल रहेको उदाहरण मेला बन्ने जनाइएको छ ।
कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले महिलाहरु उधमी बन्न सके देशमा आर्थिक क्रान्ति हुने बताइन् । उनी उक्त कार्यक्रमको उद्घाटनमा पुगेकी थिइन् ।
मेलाको निरिक्षण गरेकी चौधरीले भनिन्,‘अहीलेको संविधानले महीलालाई राज्यका हरेक अङ्गमा ३३ देखि ४८ प्रतिशतसम्म समावेश गर्ने बाध्यात्मक व्यवस्था रहेकोले अब महिलाहरू देश बिकासमा कुनै कसर बाँकी राख्दैनन् ।’ न
सेना, प्रहरी, हाकिम, न्यायाधीश, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति पुरुष मात्रै हुने परम्परालाई तोडेर नयाँ संघीय शासन व्यवस्था जहाँ महीलाहरुको समान सहभागीता रहेको दृष्टान्त चौधरीको थियो ।
महीलाहरुले परम्परागत उत्पादनमा बढी लागत, धेरै समय खर्चिलो रहेकाले अन्तर्राष्ट्रिय बजारमा पुग्न नसकेको बताएकी उनले यसलाई अत्याधुनिकरण, औद्योगिकरण र व्यवसायीकरण गर्न सके कम लागत, थोरै समयमा धेरै उत्पादन गरी व्यापीकरण गर्न सकिने बताइन् ।
उक्त मेलाको उद्घाटन महिला तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी थिइन् ।















प्रतिक्रिया