काठमाडौं । सेक्सले खेलकुदमा के प्रभाव पार्छ ? अन्तर्राष्ट्रिय खेल विश्लेषकहरुले खेलकुद र सेक्सबारे फरक फरक धारणा राखेका छन्। कतिपयले सेक्सले खेलकुदमा नकरात्मक असर गर्ने बताउँछन्।
सेक्सले खेलाडीको प्रर्दशनमा सुधार ल्याउन मद्दत गर्ने तर्क गर्नेहरु पनि भेटिन्छन्।
अक्सर बृहत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनुअघि सेक्स र खेलाडीबीच विवाद हुने गर्छ। अझ विश्वकप फुटबल प्रतियोगिता हुँदा यो विषयमा धेरै तर्क हुने गरेको छ ।
अर्को महिनादेखि ब्राजिलमा विश्वकप सुरू हुँदैछ । प्रतियोगिता सुरू हुनअघिनै फुटबलका पण्डितहरूले खेलाडी र सेक्स भन्ने विषयमा धारणा राख्न सुरू गरिसकेका छन् ।
केही समय अघि इंल्याण्डका स्टेफन जेरार्डले स्वतस्फुर्त रुपमा ब्राजिलमाको विश्वकपमा आफूले श्रीमती नलाने घोषणा गरेका थिए। उनले श्रीमती र बालबच्चाका कारण खेलमा ध्यानकेन्द्रित गर्न मुस्किल हुने बताएका थिए।
अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार विश्वकपमा सहभागी केही टोलीले प्रतियोगिता अवधिभर आफना खेलाडीलाई सेक्समा प्रतिबन्ध लगाएका छन्। मेक्सिकोले विश्वकप प्रतियोगितामा ध्यान अन्यन्त्र नपठाउन खेलाडीहरुमा सेक्स प्रतिबन्ध लगाएको छ।
मेक्सिकोमा खेलाडी र सेक्स स्क्यान्डलहरु निकै चर्चित पाइन्छ। चार वर्षयता मेक्सिकोमा दुई घटना घटेका छन्। जसले १० खेलाडीलाई प्रतिबन्ध समेत लगाएको थियो। विश्वकपमा पहिलो पटक सहभागिता जनाउन लागेको बोस्नियाले पनि खेलाडीहरुलाई सेक्समा प्रतिबन्ध लगाएको छ। नयाँ पत्रिका दैनिकबाट











प्रतिक्रिया