४ कार्तिक २०८३, बुधबार

स्विमसुटमा बाेल्ड ज्याकलिन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले जन्मदिन भव्यताका साथ मनाकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी हुन् ।

उनले शनिबारदेखि नै सेलिब्रेट गरेकी थिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् ।

श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक काट्दा ज्याकलिन खुशी देखिइन् । उनले समुन्द्री किनारमा स्विमसुटमा बोल्ड तस्वीर समेत खिचाएकी छिन् ।

उनले नायक सलमान खानसँग जोडी बाँधेर काम गरेका चलचित्र बक्स अफिसमा हिट छन् । ज्याकलिनले आफूलाई श्रीलंकाको समुन्द्र खुबै मनपर्ने भएकाले पनि केक काट्न सो स्थानलाई रोजेको बताइन् ।