४ कार्तिक २०८३, बुधबार

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिन अनलाइन मार्फत आवेदन दिन सकिने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २९ साउन । ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ ।

यसका साथै ग्राहकहरूले आफ्नो  बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले समय सापेक्ष रुपमा यस्ता प्रविधिहरू मार्फत ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस्तो प्रकारको योजनाहरु ल्याउने गरिरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि वा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।