४ कार्तिक २०८३, बुधबार

कराते विश्व च्याम्पियनसिप प्रतियोगितामा नेपाललाई ४ पदक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २८ साउन । जापानमा सम्पन्न कराते विश्व च्याम्पिएनसिप प्रतियोगितामा नेपालले ४ पदक हासिल गरेको छ ।

यहि अगस्ट ९ देखि ११ सम्म जापानको ओकिनावामा सम्पन्न कोशिकी करातेको विश्व महासम्मेलन एबं विश्व च्याम्पिएनशिपमा नेपालका खेलाडीले चार पदक प्राप्त गर्न सफल भएका हुन् ।

१८ देशका १ सय ५० भन्दा बढी खेलाडी सहभागी भएको प्रतियोगितामा नेपालका तर्फबाट ९ जनाको टोलीले सहभागिता जनाएका थिए । नेपालका तर्फबाट सहभागी नेपाल बागलुङका खेलाडीहरूले पदक जित्न सफल भएका हुन् ।

पुरुष सिनियर लाइट बेल्ट प्रतिष्पर्धामा नेपालका तर्फबाट बागलुङका कृष्णप्रसाद कँडेलले अष्ट्रेलियाका खेलाडीलाई हराउदैँ सेमिफाइनलमा प्रवेश गरेका थिए । सोही खेलमा जापानका खेलाडी संग एक अंकले पराजित हुदैँ तेस्रो स्थान प्राप्त गर्न सफल भए ।

उक्त पुरुष सिनियर लाइट बेल्ट प्रतिष्पर्धामा अमेरिकाका बु्रस्ली वाल्कर प्रथम भए । नेपालको ग्रामिण क्षेत्र बागलुङबाट सहभागी सबै खेलाडी अप्र्याप्त पुर्बाधारका साथै जुनियर प्रतिस्पर्धामा उमेरलाई मात्र आधार मान्दा आफू भन्दा धेरै ठूला तौलका खेलाडी संग प्रतिस्पर्धा गर्नु पर्दा अपेक्षित नतिजा प्राप्त गर्न नससिएको नेपाली टोलीका प्रमुख कृष्णप्रसाद कंडेलले जानकारी दिए ।

जुनियर पुरुष काता प्रतिस्पर्धामा नेपालका साहिल कंडेलले क्यानडाका खेलाडीलाई १७ अंकले पछि पार्दै दोश्रो हुन सफल भए भने प्रथम स्थान पनि क्यानडाका खेलाडी नै हुन सफल भएको जापानबाट अमित कँडेलले जानकारी दिएका छन् ।