काठमाडौं, २७ साउन । सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी ओली सोमबार स्वदेश फर्कंदै छन् ।
स्वास्थ्य परीक्षण लम्बिएकाले फर्किने कार्यक्रम सोमबारलाई सरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएकाे छ ।
‘प्रधानमन्त्रीज्यू सोमबार अपराह्न फर्कंदै हुनुहुन्छ’, स्राेतले भन्याे । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणबाट प्रधानमन्त्री ओलीको अवस्था सामान्य पाइएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली साउन १८ मा सिंगापुर गएका थिए ।
उनका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दीव्यासिंह शाहसहित ९ जना छन् ।















प्रतिक्रिया