४ कार्तिक २०८३, बुधबार

रिलायन्स इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ साउन । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एपमार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङमार्फत सहजै बुझाउन सक्नेछन् ।

आज मानिसको हात हातमा मोबाइल छ । डिजिटल भुक्तानी फस्टाउँदो क्रममा छ । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार नेपालमा मोबाईल सेवाको पहुँच १३६ प्रतिशतभन्दा धेरै छ र ६४ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छन् ।

त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार ७० लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र करीब ९ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । यस्तो अवस्थामा खल्ती र रिलायन्स लाईफ इन्स्योरेन्सले सुरुवात गरेको डिजिटल इन्स्योरेन्स भुक्तानी सेवाले धेरै महत्व राख्ने दुवै कम्पनीले जनाएका छन् ।

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापना सन् २०७४ साल मङ्सिर १ गते भएको हो । स्थापनाकालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यवसायिकताका कारणले कम्पनीले ग्राहकको सन्तुष्टि जित्न सफल भएको छ । कम्पनीको जारी पुँजी २ अर्व १० करोड र चुक्ता पूँजी १ अर्ब ४७ करोड रहेको छ । रिलायन्स लाइफ इन्स्योरेन्सले हाल ८८ वटा शाखा/उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ र बीमा सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहेको छ ।

त्यस्तै, सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोग कर्ताहरुको संख्या ८ लाखभन्दा बढि रहेको छ ।