
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले आफ्ना विगतसँग पछुतो नरहेको बताएकी छन् ।
एउटा अनलाइन न्युज पोर्टललाई दिएको अन्तरवार्तामा उनले विगतका कारण नै अहिले आफू यो अवस्थामा र बलियो भएको पनि दाबी गरेकी छन् ।
अहिले आफू डिप्रेशनबाट बाहिरिएको खुलाउँदै उनले ओखति खान छाडेको पनि बताएकी छन् । आफू खुसी हुनुको कारण पनि त्यहि रहेको उनले खुलाएकी छन् ।
डिप्रेशनका कारण एक पटक मनमा आत्महत्या गर्नेसम्मको चरण आएको खुलाएकी उनले बलियो मनस्थिति बनाएर अघि बढेको पनि बताएकी छन् । उनले भनेकी छन्,‘डिप्रेशनका कारण एउटा विन्दुमा आत्महत्या गर्ने कुरा खेलेको थियो । तर बलियो भएँ ।’
नम्रताले पछिल्लो पटक जाइरा फिल्ममा अभिनय गरेकी थिइन् ।















प्रतिक्रिया