
काठमाडौं, २५ साउन । शुक्रबार विहान २९ यात्रु बोकी सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस धादिङस्थित त्रिशूली नदीमा खस्दा मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ ।
मृतकमध्ये ५ जनाको मात्रै सनाखत भएको छ । भारतीय नागरिक अजय दास, विजय कुर्मी, बसका कन्डक्टर ऋषि उप्रेतीको शव पहिचान भएको हो ।
मलंगवाबाट राजधानी काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुली नदीमा खसेको थियो ।
कृष्णभीरनजिक फेला परेका २ शव सर्लाहीको मलंगवा १ का ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीया निमाको भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका १६ जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । सर्लाहीका भूपेन्द्रकुमार यादव, अनिस राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा र सञ्जय महतो छन् । जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिम राजा अन्सारी, धीरेन्द्र ठाकुर, लक्ष्मण जमरकटेल, विजय राय यादव, दिनेश ठाकुर र भोगेन्द्र चौधरीको पनि जीवितै उद्धार गरिएको थियो ।
गोताखोरको प्रयोग गरी वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया