
रोल्पा, २३ साउन । रुन्टीगढी गाउँपालिका ४ स्थित ३५ वर्षीय भानमती पुन बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।
ढुङगेबिसौना सामुदायिक वनको ढापाखोलामा सोही गाँउपालिका २ पुरानो गाँउ बस्ने पुन मृत भेटिएकी हुन् ।
घरबाट आइतबार सुर्पाल बजार जान्छु भनि गएकी भानमती घर नफर्के पछि खोजी गर्ने क्रममा उक्त स्तानमा भिरबाट करिब १ सय ५० मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया