१७ कार्तिक २०८३, मंगलबार

सशस्त्र प्रहरीद्वारा दुई वटा सुनको वालासहित पक्राउ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुनसरी, २३ साउन । सुनसरीमा सशस्त्र प्रहरीको टोलीले बिहीबार पचास/पचास ग्रामको दुई वटा सुनको वालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका ९ बस्ने ४० वर्षिय ईशान उदिन मियाँ रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको सशस्त्रको टोलीले मियाँलाई सुनसहित पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका निज मियाँले लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त सुनको वाला फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

त्यसैगरी, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिकाबाट साउन २३ गते एपीएफ टोलीले करीव १ लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंजमा बुझाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले साउन २३ गते करीव १ लाख ४३ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका २ कालागौडी ईलाकाबाट बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बलले जनाएको छ ।