२ कार्तिक २०८३, सोमबार

राजधानीमा एकाबिहानै दुई युवतीमाथि एसिड प्रहार, अबस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

acid-attack4

काठमाडौं, १० फागुन । राजधानीमा एकाबिहानै दुई युवतीमाथि एसिड प्रहार भएको छ ।

काठमाडौंको बसन्तपुरमा आइतबार विहान अज्ञात समूहले दुई किशोरीमाथि एसिड छ्यापेको हो ।एसएलसी परीक्षाको तयारीका लागि बसन्तपुरको झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट गम्भीर घाइते उनीहरुको वीर अस्पताल र केएमसी अस्पतालमा उपचार भइरहेको छ । संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । सीमाको भने अनुहारमा नै एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ ।

बिहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको ४ जनाको समूहले एसिड छ्यापेर भागेको प्रहरीले जनाएको छ ।