२ कार्तिक २०८३, सोमबार

शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teacherमहेन्द्रनगर, १० फागुन । शिक्षकको कुटाईबाट कञ्चनपुरमा एक विद्यार्थीको हात भाँचिएको छ ।
जिल्लाको भिमदत्त नगरपालीका १६ वसन्तपुर स्थित प्रभात विद्या निकेतनकी शिक्षीका कल्पना जोशीको कुटाईबाट कक्षा १ मा अध्ययनरत विद्यार्थी टेकु दमाईको दायाँ हात भाचिएको अभिभावकले बताएका छन् ।

विद्यालयमा गृहकार्य नगरेको भन्दै शिक्षीका जोशीले विद्यार्थीहरुलाई बाँसको लाठिले उल्टो हातमा हानेको र सोही क्रममा हात भाचिएको पीडित विद्यार्थीका अभिभावकले बताएका छन् ।

सरकारले अहिले विद्यालयमा भयरहित सिकाईको अवधारण लागु गरेको भएपनि उक्त विद्यालयमा भएको यस घटनाले वालवालिकाहरुमा त्रासपुर्ण सिकाईको अवस्था रहेको बताउछ ।

यस वर्षको एसएलसी परिक्षामा नेपालमा नै तेस्रो स्थान निकाल्न सफल यस विद्यालयमा विगत विद्यार्थीहरु माथि भएको अत्याचारका लागि अभिभावकहरुले विद्यालय प्रशासनलाई गुहार गर्ने र त्यती गरेर पनि शिक्षीकालाई कारवाही र पीडितलाई औषधि खर्च सहित क्षतीपुर्ती नपाए प्रहरीमा उजुरी दर्ता गरिने अभिभावक बव्लु दमाईले बताउनुभयो ।

विद्यालयले उक्त घटनाको छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाउने जनाएको छ ।