४ कार्तिक २०८३, बुधबार

आफ्नै रोमान्टिक गीतमा पानीमा भिज्दै नाँचिन् स्मिता दाहाल (भिडियोसहित)

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । गायिका स्मिता दाहालको नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ ।

‘कार्टुन्ज क्रु’का प्रमुख कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको स्मिताको ‘मायालु तिमी कता छौं’ बोलको गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो ।

गीतमा स्मितासँगै राजनराज शिवाकोटीको स्वर छ । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराजकै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सिंग गरेका हुन् ।

सार्वजनिक भिडियो सेट लगाएर खिचिएको छ । जहाँ वर्षाका कारण कोठा नै डुबानमा परेपछि मायालुको खोजी गर्दै गरेको दृश्य देखाइएको छ ।

म्युजिक भिडियोमा गायिका स्मिता दाहालले पनि पानी भिज्दै नृत्य गरेकी छिन् । राजु पेन्टरद्वारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन् ।

विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रेतीको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् । भिडियो निर्देशन सरोज वलीले गरेका हुन् ।

भिडियो छायाँकनका क्रममा कार्टुन्ज क्रु की आश्मा बहोस समेत भएकी थिइन् । उनलाई करिब ५ घण्टा अस्पतालमा राख्नु परेको निर्माण टिमले जनाएको छ ।

गायिका स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । दुई हप्ता पहिले मात्र स्मिताको जालैमा पार्छु बोलको गीत र भिडियो सार्वजनिक भएको थियो ।

हेर्नुहोस् भिडियो