१७ कार्तिक २०८३, मंगलबार

खुकुरी प्रहार गरी फरार भएका सरोज एक महिनापछि पक्राउ

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुग्लिन, २१ साउन । चितवन प्रहरीले फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

गत असार १८ गते राति ११ बजे भरतपुर महानगरपालिका–४ का खगेन्द्र विष्टलाई खुकुरी प्रहार गरी फरार भएका नवलपरासीको गैँडाकोट नगरपालिका–२ का सरोज घिमिरेलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न चारमध्ये एकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गत असार १८ गते राति ११ बजे भरतपुर–४ निवासी खगेन्द्र विष्टको घर नजिकै हल्ला गर्दै हिँडेको र त्यसो नगर्न आग्रह गर्दा चार जनाको समूहमा रहेका व्यक्तिले विष्टलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

विष्टलाई खुकुरी प्रहार गर्नेमा पक्राउ परेका घिमिरेबाहेक भरतपुर–११ का सुजन लामा, सोही स्थानका सूर्य लामा र माधव चौधरी रहेका छन् । उनीहरुको खोजीकार्य तीव्र पारिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

नगदसहित पाँच जुवाडे पक्राउ    

चितवनमा नगदसहिद पाँच जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–८ स्थित पूर्णबहादुर लामाको घरबाट तास खेलिरहेको अवस्थामा रु १६ हजार ८२५ नगद र एक बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पूर्णबहादुर लामाको घरमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रनाउ कोइरालाले जानकारी दिनुभयो । –रासस