४ कार्तिक २०८३, बुधबार

सुन अहिलेसम्मकै महँगो, बेच्ने मालामाल

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ साउन । सुनको मूल्य आज फेरि बढेको छ । आज मङ्‍गलबार २ सय रूपैयाँले बढेर प्रतितोला ६८ हजार रुपैयाँ पुग्दै सुनले मूल्यमा नयाँ रेकर्ड राखेको हो ।

आइतबार एकैदिन १५ सयले बढेर प्रतितोला ६७ हजार ८ सय पुगेको थियो । मूल्य बढ्ने क्रम निरन्तर हुँदै इतिहासकै महँगो भएको हो ।

सुनले यसअघि बनाएको नयाँ रेडर्कलाई तोड्दै अघि बढेको छ । यसअघि सुन प्रतितोला ६६ हजार ३ सयमा पुगेर सर्वाधिक महँगोको नयाँ रेकर्ड बनाएको थियो ।

सुनचाँदी व्यवसायी महासङ्‍घका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ ।

महासङ्‍घका अनुसार गत हप्ता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर ०.२५ प्रतिशतले घटाएको थियो । ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।

अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वलाई पनि सुनको भाउ बढ्ने अर्को कारणका रुपमा लिइएको छ । केही समयदेखि यी दुई शक्ति राष्ट्रबीच व्यापारमा एकअर्कामाथि भन्सार कर बढाउने प्रतिस्पर्धा भइरहेको छ। जसका कारण विश्वबजार नै प्रभावित भइरहेको छ।

विश्वबजारमा सुनको मूल्यलाई अमेरिका र इरानबीच उत्पन्‍न भएको तनावले पनि असर गरिरहेको छ । शक्तिशाली राष्ट्रबीच व्यापारिक तनाव उत्पन्‍न हुँदा स्थानीय बजारमा सुनको भाउ उच्चविन्दुमा पुग्‍ने गरेको  छ।

अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजारमा सुन, तेलको मूल्यलाई थपघट गराउँदै आएको छ ।