१७ कार्तिक २०८३, मंगलबार

मुख्यमन्त्री पोखरेलद्धारा चिनियाँ विआरआई विज्ञ टोलीसँग भेटवार्ता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, २० साउन । प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले चिनियाँ विआरआई विज्ञ टोली सँग छलफल गरेका छन् । सोमबार पोखरेलले विआरआई विज्ञ टोलीलाई भेट गरी विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदा बारे छलफल गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै विआरआई मार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने बताए । पोखरेलले नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको बताए ।

पोखरेलले केरुङ काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउन सक्दा लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्नुको साथै यो क्षेत्र महत्वपूर्ण सम्पर्क विन्दु हुन सक्ने बताए । पोखरेलले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी र ल्याउने अवसर बारे विस्तृत अध्ययन गर्नुपर्ने बताए ।

चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विआरआई मार्फत गर्न सकिने काम र संभावना बारे मुख्मयन्त्रीसंग जानकारी लिएको थियो । प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसंग महत्वपूर्ण छलफल भएको र समय दिनुभएकोमा धन्यवाद दिए ।

विआरआई परियोजना मार्फत चीनले आफूसगैं छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने बताए ।