
-प्रतिक पौडल
भैरहवा, २० साउन । सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हेडक्वाटर रुपन्देहीले लागुऔषधहरु बरामद गरेको छ ।
सोमबार सशस्त्र प्रहरी बल रुपन्देहीबाट प्रहरी नायब निरीक्षक तेज बहादुर जि.सीको कमाण्डमा खटिएको टोलीले वेलहिया ईलाकामा चेकजाँच गर्ने क्रममा लागुऔषधहरु बरामद गरेको हो ।
भारतबाट नेपाल तर्फ झोलामा खुर्सानी तथा तोषको पोका भित्र राखी लुकाएर ल्याउँदै गरेको अवस्थामा २५ वर्षीय उज्वल रिजालको साथबाट लागुऔषधहरु बरामद गरेको हो । रिजाल दाङ्ग जिल्ला तुल्सीपुर उप महानगरपालिका ५ का रहेका छन् ।

उनलाई लागूऔषध ओसार पसारमा संलग्नको आशंकामा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहिया, रुपन्देहीमा बुझाईएको छ । उनको साथबाट नुफिन ५३ सि.सी, फेनरागन ५२ सि.सी र डाईजापाम ५२ सि.सी बरामद गरिएको हो ।












प्रतिक्रिया