४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक संस्थालाई डस्टबीन प्रदान

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडौँलाई डस्टबीन हस्तातरण गरेको छ ।

टोखा–६, डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबीन वितरण गरेको हो । डस्टबीन मुक्तिनाथ विकास बैंक लिमिटेड टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका हुन् ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी ११८ वटा शाखा, २२ वटा एटीएम र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।

साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।