मुम्बई । बलिउड अभिनेता गोविन्दाले हालै ‘ताल’, ‘गदर’ तथा ‘देवदास’ जस्ता ब्लकबस्टर सिनेमा खेल्न अस्वीकार गरेको खुलासा गरेका छन् । यो सूचि बलिउड सिनेमासम्म सीमित रहेनछ । हलिउडसम्म रहेछ ।
गोविन्दाले चर्चित हलिउड सिनेमा ‘अवतार’ खेल्ने प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका हुन् । उनले निर्देशक जेम्स क्यामरून’लाई ‘अवतार’ नाम राख्न सल्लाह दिएको पनि बताएका छन् ।
‘मैले सिनेमालाई नाम दिएँ, सिनेमा सुपरहिट भयो । मैले उनलाई सिनेमाले वास्तवमै राम्रो गर्ने बताएको थिएँ । मैले सिनेमा तयार गर्न उनलाई ७ वर्षको समय लाग्ने पनि बताएको थिएँ’, गोविन्दाले भनेका छन् ।
त्यसोभन्दा उनी रिसाएका थिए । ‘मैले त्यस्तो भनेपछि उनले मलाई तपाईं कसरी सिनेमा सकिन ७ वर्ष लाग्छ भनेर निश्चिन्तरूपमा भन्न सक्नुहुन्छ भनेर सोधे’, उनले भनेका छन्, ‘जवाफमा मैले उनी असम्भव जस्तो कुराको कल्पना गरिरहेको बताएँ ।’
गोविन्दाले सुटिङका लागि ४१० दिन मागेकाले सिनेमा गर्न अस्वीकार गरेको बताए । उनले त्योसँगै शरीरमा रंग दल्ने कुराको पनि विरूद्ध थिए । ‘उनी ४१० दिनसम्म मैले सुटिङ गरोस भन्ने चाहन्थे । शरीरभरि रंग दलेर त्यस्तो गर्नु म जस्तो मान्छेले सक्ने कुरा थिएन’, उनले भनेका छन् । ‘मैले त्यसका लागि माफी मागें, तर मैले भने जस्तै भयो । सिनेमा सुपरहिट बन्यो’, उनले भनेका छन् ।















प्रतिक्रिया