२ कार्तिक २०८३, सोमबार

एमाओवादी मोर्चाद्वारा राजधानीमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoustकाठमाडौँ, ९ फागुन । सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै एकीकृत माओवादीको नेतृत्वमा रहेको तीस दलीय मोर्चाले आज राजधानीमा कालोपट्टि बाँधेर प्रदर्शन गरेको छ ।

रत्नपार्कमा गरिएको प्रदर्शनमा प्रमुख दलकाबीचमा भएको १२ बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुपर्ने माग गरिएको थियो ।

सहमतिका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाउनुपर्नेमा सत्तारुढ दलले बहुमतीय प्रक्रिया अगाडि बढाएको भन्दै प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनमा एमाओवादी, मधेस केन्द्रित दलहरु, पद्यमरत्न तुलाधर नेतृत्वको पहिचानमा आधारित आदिवासी जनजाति केन्द्रीय परिचालन समितिलगायतका सङ्घ संस्थाको सहभागिता रहेको एमाओवादीका पोलिटब्युरो सदस्य झक्कुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सहमतिका आधारमा संविधान जारी गर्ने वातावरण बनाउनका लागि पहिलो चरणको आन्दोलनअन्तर्गत आज मुलुकभर नै मोर्चाले प्रदर्शन गरेको नेता सुवेदीले जानकारी दिनुभयो ।