मुम्बई । बलिउड अभिनेत्री दीया मिर्जाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएकी छिन् ।
दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि ११ वर्षे वैवाहिक जीवनमा विराम लागेको हो ।
दीयाले आफ्नो सामाजिक संजाल एकाउन्टबाट यसको जानकारी दिएकी हुन । पोस्टमा उनले साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन् ।
दीयाले इन्स्टाग्राममा ११ वर्षसम्म एकअर्कासँग जीवन बिताएको उल्लेख गर्दै सहमतिमा छुट्टिने निर्णय गरेको र सँधै साथी बनेर रहने तथा एकअर्कालाई उत्तिकै सम्मान र इज्ज दिने बताएकी छन् ।
‘हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं’, दीयाले पोस्टमा लेखेकी छन् ।
उनले पोस्टमा साथीभाइ, परिवार र संचार माध्यमलाईसमेत साथ र सहयोगका लागि धन्यवाद दिएकी छन्। त्यस्तै उनले अब यस विषयमा कुरा गर्न नचाहेको बताएकी छन् ।
दीया सन् २०१४ मा साहिल संघासँग विवाहवन्धनमा बाँधिएकी थिइन् । दीया अभिनेत्रीका अलावा मोडल तथा निर्मातसमेत हुन् ।















प्रतिक्रिया