कलैया, ९ फागुन । कलैया–८ बस्ने बद्रीनारायण साहकी सात वर्षीया छोरी पूजा आज बिहान करिब ६ बजे कलैया–६ मोतीमागस्थित कपास उद्योगको फोहर फ्याँक्ने ठाउँमा अचेत अवस्थामा फेला परेकी छन् ।
कलैया बजारमा रहेको आफ्नो चुरा पसलमा आमा र छोरी पूजासँगै रहेका अवस्थामा अचानक शुक्रबार साँझ ७ बजे हराएकी छोरीको खोजतलास गरिरहेका अवस्थामा आज बिहान अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फेला परेकी बालिकाको उपचार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ ।
उनीमाथि कसैले यौन हिंस्रक दुव्र्यवहार गरेको हुन सक्ने खबर प्राप्त भएको छ ।















प्रतिक्रिया