४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ बैंकले आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा दिने

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । मुक्तिनाथ विकास बैंकको आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्नका लागि ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ भन्ने मुल नाराका साथ आवास कर्जा सञ्चालनमा ल्याएको हो ।

आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिनेछ । यसका साथै, बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५ प्रतिशतसम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।

मुक्तिनाथ विकास बै‌कले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटीएम र करिब सात लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु प्रदान गर्दै आएको छ ।

रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।