काठमाडौँ, ९ फागुन । भारतीय आमआदमी पार्टीका केन्द्रीय प्रवक्ता आशुतोषले नेपालमा संविधानका विवादित विषयमा धेरैभन्दा धेरै छलफल गरेर सहमति खोज्न सुझाव दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ गरेको साक्षात्कारमा प्रवक्ता आशुतोषले संविधानका अन्तर्वस्तुमा सहमति खोज्न नेपालका राजनीतिक दलले न्यूनतम साझा अवधारणा तयार पार्दै टुङ्ग्याउनुपर्ने बताउँदै भन्नुभयो, “कस्तो शासनप्रणाली अपनाउने, के गर्ने, कति प्रदेश बनाउने भन्ने विषयमा नेपालका सबै राजनीतिक दलका धारणामा व्यापक छलफल गर्नु नै उत्तम हुन्छ ।”
उहाँले लोकतन्त्रको संस्थागत विकास, सङ्घीयता, धर्मनिरपेक्षताजस्ता विषय नेपालीले नै तय गर्नुपर्ने सुझाव दिँदै नेपालमा पनि भ्रष्टाचारविरुद्ध भारतमा आमआदमी पार्टीले चलाएको जस्तो शान्तिपूर्ण आन्दोलनको आवश्यकता औँल्याउनुभयो ।















प्रतिक्रिया